२०८० चैत्र १५ , बिहिवार

अर्थर गनको ‘नेपाल टुर’को मिति तय

सुनाखरी न्युज / काठमाडौँ-  नेपाली मूलका गायक तथा अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन)को नेपालमा हुने सांगीतिक प्रस्तुतिको मिति तय भएको छ । ‘द होमकमिङ अफ अर्थर गन’ नाम दिइएको उनको सांगीतिक प्रस्तुतिको मिति तय भएको हो ।

 

उनी देशको काठमाडौंसहित चितवन, पोखरा र बुटवललगायत सहरमा गुन्जिँदै छन् । उनको सांगीतिक प्रस्तुति काठमाडौंबाट सुरु हुनेछ । उनले काठमाडौंको क्लब प्लाटिनममा यही अगस्ट २० मा प्रस्तुति दिनेछन् । यसको टिकट बुकिङ खुला भइसकेको छ । यस्तै, अगस्ट २४ मा चितवन, अगस्ट २६ मा पोखरा र अन्तिम प्रस्तुति अगस्ट ३१ मा बुटवलमा हुने तय भएको आयोजक कम्पनी ब्रेन सर्भिसिङ इन्क्रोपरेटेड प्रालिका संस्थापक रिशम महर्जनले जानकारी दिए ।

 

उनका अनुसार अर्थर अगस्ट १६ मा नेपाल आइपुग्नेछन् । अर्थर एक महिनाका लागि नेपाल आउन लागेका हुन् । उनले अगस्टमा चार शो गर्नेछन् । बाँकी शो सेप्टेम्बरमा हुनेछ । यसबारे विस्तृत जानकारी यही साता पत्रकार सम्मेलनमार्फत दिने आयोजकको तयारी छ । उनी सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप भएका थिए । गायक अर्थर अमेरिकन आइडलपछि पहिलोपटक नेपाल आउन लागेका हुन् ।