२०८१ बैशाख ७ , शुक्रवार

सेयर धितो कर्जा अब एउटै बैंकबाट १२ करोडसम्म लिन पाइने

सुनाखरी न्युज/ काठमाडौं । सेयर धितो कर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिने पाइने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको छ । मौद्रिक नीतिमा आएको व्यवस्था कार्यान्वयनका लागि बुधबार एकीकृत निर्देशन जारी गरिएको हो ।

मौद्रिक नीतिमै आएको प्रावधान अनुसारको व्यवस्था निर्देशनमा पनि गरिएको छ । यस व्यवस्थासँगै लगानीकर्ताले थोरै भए पनि राहत पाउने भएका छन् ।