२०८२ चैत्र १ , आइतवार

दाङको घोराहीमा बेवारिसे अवस्थामा पुरुषको शव भेतियो

सुनाखरी न्युज/ काठमाडौं – दाङको घोराहीमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

 

घोराही उपमहानगरपालिका-१५ मा आज बिहान अन्दाजी ५०/५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

मृतक पुरुषको नाम र ठेगाना खुलेको छैन । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।