२०८१ बैशाख ८ , शनिवार

केसीले भारतसँगको लज्जास्पद हारसँगै पदबाट राजीनामा दिने संकेत

सुनाखरी न्युज /काठमाडौं – नेपाल भारतसँग पराजित हुँदा भने फाइनलमा स्थान बनाउन कठिन अवस्थामा पुगेको हो । अब, नेपालले फाइनलमा स्थान बनाउन अन्तिम खेलमा बंगलादेशलाई हराउनु पर्नेछ । हराउनु मात्रै हैन, कम्तीमा ५(० को जित निकाल्नुपर्नेछ । खेल भोलि मंगलबार हुनेछ । आइतबार भने नेपाल पहिलो हाफमा एक गोल बेहोर्दा दोस्रो हाफमा सात गोल बेहोर्न बाध्य भयो। खेलाडीहरूमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज सबै हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौँ । खेलाडी र एन्फालाई दोष नदिऊँ। यो मेरो गल्ती हो’, केसीले भनेका छन् ।

 

यस्तै, केसीले टोलीलाई लयमा फर्काउन दुई दिनको समय रहेको र यदि फाइनल नपुगेका आफ्नो स्वार्थका लागि फुटबल डुबाएर पदमा नबस्ने घोषणा गरेका छन् ।मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु । म फुटबल जीवनबाट अलग हुनेछ । म मेरो फाइदाका लागि फुटबल डुबाउन सक्दिनँ । धन्यवाद’, केसी भन्छन् ।यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४(० र दोस्रो खेलमा श्रीलंकालाई ३(० अन्तरले पराजित गरेको थियो ।

 

पहिलोपटक यु(२० पद्धतिमा आयोजना भएको साफको तालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पाँच टोली सहभागी प्रतियोगितामा लगातार हारसँगै श्रीलंका र माल्दिभ्स बाहिरिसकेका छन् । यता, बंगलादेशको तीन खेलबाटनौ अंक रहँदा नेपाल र भारतको समान ६ अंक छ। हेड टु हेडमा भारत बलियो छ र दोस्रो स्थानमा छ ।

 

 

अब, अन्तिम दिन नेपालले बंगलादेशलाई कम्तीमा ५(० को जित निकाल्नुपर्नेछ। त्यो भन्दा सानो अन्तरको जितले समेत नेपाल फाइनल पुग्नबाट गोल अन्तरको आधारमा बञ्चित हुनेछ। सोही दिनको दोस्रो खेलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ यसअघि यही प्रतियोगिता यु(१९ र यु(१८ को रूपमा आयोजना हुँदा नेपाल अघिल्ला दुवै संस्करणको विजेता हो । अन्तिम संस्करण भने नेपाल समूह चरणबाट माथि उढ्न सकेन । यता, अखिल नेपाल फुटबल संघ ९एन्फा० ले भने केसीलाई साफसँगै एएफसी यु(२० पुरुष एसियन कप छनोटका लागि प्रशिक्षकमा नियुक्त गरेको हो।