२०८१ बैशाख ७ , शुक्रवार

फोटोनको अमार्कले नेपालका विभिन्न स्थानहरुमा प्रदर्शन ट्रायलहरु गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धी कमर्सियल भेहिकल प्रा.लिले हालै केही दिनअघि काठमाडौंमा मिनीट्रक अमार्क ल्याएको खुलासा गरेको साथै भेहिकलको पावर र पर्फोमेन्स र प्रदर्शन ट्रायल सुरु गरेको छ ।

 

कम्पनीले बजारमा औपचारिक रुपमा गाडी बिक्रि हुनु भन्दा अघि नेपालका विभिन्न स्थानहरूमा एकल र ब्याक-टु-ब्याक ट्रायल सहित टेस्ट ड्राइभ, कस्टमर मीट, डिस्प्ले र रोड शो, जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने छ ।