२०८१ बैशाख १२ , बुधवार

प्यूठानमा भएको जीप दुर्घटनामा घाइते थप दुईको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं- घटनास्थलमा एक जनाको मृत्यु भए पनि उपचारको क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका यात्रु बोकेको लु ३ च ३५३ नम्वरको जीप फर्कने क्रममा सनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी मायादेवी गाउँपालिका ३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो। घाइते भएका रूपन्देही सिद्धार्थनगर नगरपालिका ४ की ५४ वर्षीय कान्ति कर्ण र मायादेवी-३ का ७० वर्षीय पटवारी कुहारको पनि उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा परि १५ जना घाईते छन्। उनीहरूको रूपन्देहीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।