२०७९ आश्विन १४ , शुक्रवार

सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकका ग्राहक महानुभावहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ । ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्नुहुनेछ ।

 

बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउनेछ । बैंकको मोबाइल बैंकिङ्ग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ । यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबार लाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जाने भन्ने विश्वास गरेको छ ।

सानिमा बैंकको देशभर १२७ कार्यालयहरुर १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।