२०८१ बैशाख १८ , मंगलबार

ट्याक्सीमाथि बस पल्टिदा , ट्याक्सी चालक घाइते

सुनाखरी न्युज /सातदोबाटमा ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बा।३ ख ४४४० नम्बरको बसले बा।२ ज ६०१ नम्बरको ट्याक्सीलाई बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन ।

आकाशे पुल नजिकै दुर्घटना गराउने बस ५० वर्षीय नकलबहादुर महर्जनले चलाएका थिए । बसमा यात्रु थिएनन । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।