२०८१ जेठ ७ , सोमवार

दीपक र दीपाको ‘छक्का पञ्जा–४ शुभ मुर्हत, आजैबाट सुटिङ सुरु

सुनाखरी न्युज / काठमाडौं –  दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा–४’को निर्माण घोषणासँगै शुभमूहुर्त गरेका छन् । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रको सोमबार बिहान भक्तपुर सूर्यविनायकस्थित गणेश मन्दिरमा औपचारिक निर्माण घोषणासँगै शुभमुहूर्त गरिएको हो । दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा–४’को निर्माण घोषणासँगै शुभमूहुर्त गरेका छन् ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रको सोमबार बिहान भक्तपुर सूर्यविनायकस्थित गणेश मन्दिरमा औपचारिक निर्माण घोषणासँगै शुभमुहूर्त गरिएको हो । दीपक–दीपा प्रस्तुतकर्ता रहेको चलचित्रमा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । चलचित्रलाई कहिले रिलिज गर्ने भन्नेबारे निर्माण टिमले जानकारी दिएको छैन । चलचित्रलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।