२०८१ जेठ ७ , सोमवार

भक्तपुरमा सल्लाको रुख ढलेर सवारी साधन किच्दा कम्तिमा १३ घाइते

सुनाखरी न्युज / काठमाडौँ — काठमाडौंबाट भक्तपुरको दूधपाटी जाँदै गरेको बा २ ख ३५८४ नम्बरको यात्रुबहाक बस र स्कुटरलाई रुख ढलेर किच्दा यात्रारत कम्तिमा १३ जना घाइते भएका छन् । १३ मध्ये २ जनाको व्यवस्था गम्भीर छ ।

भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार घाइतेहरुलाई भक्तपुर अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारका लागि लगिएको छ ।दुर्घटनामा परेर ९ जना घाइते भएका छन् ।

घाइतेहरुको इमामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।