२०८१ बैशाख ४ , मंगलबार

लुटेराहरूले फिर्ता गरे पर्यटकको नक्कली घडी

सुनाखरी न्युज /इटालीको नापेल्स सहरमा लुटेर लगेको घडी नक्कली रहेको थाहा पाएपछि लुटेराहरूले एक पर्यटकको घडी फिर्ता गरेका छन ।

स्वीटजरल्याण्डका दुई जना पर्यटकहरू शनिबार सहरको मध्य भागमा रहेको पियाजा ट्राइस्टे इ ट्रेन्टो रेस्टुरेन्टमा बसेकोबेला एक युवक आएर एकजनाको कञ्चटमा बन्दुक तेसौउँदै घडी लुटेर लैजान्छन । सात मिनेटपछि नै अर्का युवक आएर माफी माग्दै घडी मालिकलाई फिर्ता गरिदिन्छन् । यो कुरा रेस्टुरेन्टको सीसीटीभी क्यामेरासमेत कैद हुन्छ ।

लुटेराले रिसार्ड मिलको बहुमूल्य घडी सम्झेर त्यसलाई लुटेका थिए । त्यो नक्कली निस्केपछि त्यसलाई फिर्ता गरेको पर्यटकको भनाई छ । ‘सरी सरी भन्दै उनीहरूले घडी फिर्ता गरे,’ एन्टोनियो भिस्कोनिटीले सीएनएनसँग भने, ‘सायद उनीहरू नक्कली घडीका लागि प्रहरीको लफडामा पर्न चाहँदैन थिए । एजेन्सी