२०८१ जेठ ७ , सोमवार

अरिंगालको टोकाइबाट युवकको मृत्यु

सुनाखरी न्युज / सल्यान : सल्यानमा अरिङ्गालको टोकाइबाट एक युवकको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका १ दारिमचौर निवासी २६ बर्षीय कृष्ण थापाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शनिबार दिउँसो करिब ३ बजेतिर आँप खान जाने क्रममा आँपको रुखमा चढ्दा उनलाई अरिङ्गालले टोकेको थियो।

अरिङ्गालले टोकेर घाइते भएका थापालाई श्रीनगरस्थित कर्णाली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा करिब ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिए । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ।