२०८१ बैशाख ३१ , सोमवार

समृद्धि फाइनान्स र थर्टी टु क्याफे स्टेशन बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं –

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र थर्टी टु क्याफे एंड कफी स्टेशन बिच श्रावण, ५गते सम्झौता भएको छ । यो सम्झौता पछि समृद्धि फाइनान्सका ग्राहकहरुलाइ होटेल थर्टी टु क्याफे एंड कफी स्टेशनले फूड र बेभरेजमा १०%देखि१२%सम्मछुट दिने भएको छ ।

 

सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक बिनोद राजपौडेल रथर्टी टु क्याफे एंड कफी स्टेशनका म्यानेजर श्री अमन अईयरले हस्ताक्षर गर्नु भएको हो ।पुतली सडकमा शंकरदेव क्याम्पस नजिकै रहेको यो क्याफे धेरैनै भिडभाड हुने र स्वादिस्ट खाने कुराको लागि प्रसिद्ध छ ।

 

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकास अधिकृतसुरज कुमार सर्राफले जनाउनु भएको छ । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

 

यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हालपाँचओटा शाखाबाट सेवाप्रवाहगर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।