२०८१ बैशाख १८ , मंगलबार

पहाडी जिल्लामै भेटिँदै डेंगुका बिरामी

सुनाखरी न्युज /काठमाडौंः काभ्रेका तीन स्थानमा डेङ्गु सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गु हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो । गर्मी याम सुरु भएसँगै देशका विभिन्न भागमा डेंगुका बिरामी बढ्न थालेका छन् । धादिङ जिल्लामा मात्रै डेंगुका ४९ जना बिरामीको पहिचान भएको छ । यस्तै, काभ्रे जिल्लामा पनि डेंगु रोगको सङ्क्रमण पाइएको छ । पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुषमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो ।

हाल उनी धुलिखेल अस्पतालमा दुई दिनदेखि उपचारत छन् । पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार ती पुरुषको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । काठमाडौँ उपत्यकामा भने छिटपुट रूपमा डेंगुका बिरामी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपालमा चार सय प्रकारका लामखुट्टे छन् । जसमध्ये ४ थरीले औलो रोग सार्ने गर्छन् ।

औलो रोग एनोफिजिल जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको उपाय भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा। किजन महर्जन बताउँछन् ।नेपालमा विशेष गरी औलोका दुई परजीवी प्लाज्मोडियम फ्लासिपारम र प्लाज्मोडियम भाइभेक्स जातको पाइने गरेको छ । इडीसीडीका अनुसार यी दुईमध्ये प्लाज्मोडियम गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुन्छ । यस्तो औलोका बिरामी १५–२० प्रतिशत हाराहारी छन् ।

रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७३र०७४ मा ४९२ जनामा स्थानीय औलो देखिएको थियो । यो सङ्ख्या २०७४र७५ मा ५५७, २०७५र७६ मा ४४०, २०७६र७७ मा १०२ र २०७७र७८ मा ६६ जना थियो । यस्तै, आर्थिक वर्ष २०७८र७९ को वैशाख १० गतेसम्म ३३६ औलोका बिरामीमध्ये २८ स्थानीय थिए ।