२०८१ जेठ ७ , सोमवार

गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गतको केनाईन शाखा पोखराको निरीक्षण सम्पन्न

सुनाखरी न्युज/ पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले आज गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गतको केनाईन शाखा पोखराको स्थलगत निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नु भएको छ ।

प्रहरी नायव महानिरीक्षक जोशीले उक्त कार्यालयमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी तथा नेपाल प्रहरीको अपराध अनुसन्धानको सारथीको रुपमा रहेका तालिम प्राप्त कुकुरहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएकोले सधै तयार रहन निर्देशन गर्नुभएको छ ।