२०८१ बैशाख १४ , शुक्रवार

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

सुनाखरी न्युज/ काठमाडौं –

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दैछ ।

 

स्कटल्याण्डले टस जितेर पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । स्कटल्यान्डविरुद्धको पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल आजको खेलमा पनि जित निकाल्न चाहन्छ । सरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्न लागेको हो । यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

 

स्कटल्याण्ड नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ । नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २३ खेलमा ३२ अंक जोडेको छ ।