२०८१ बैशाख ६ , बिहिवार

संघियता र समानुपातिक जनता लुटने र नेता व्यवस्थापनका लागि मात्र हो

वीरबल खड्का क्षेत्री –

राज्य एकात्मक हुनु हुदैन बिकेन्द्रिकरण सहित गाऊ सम्म प्रशासनिक लगायत बिकासका सम्पुर्ण गतिविधिमा सुलभता आउनु पर्छ यसमा दुईमत छैन तर अहिले भैरेहेको नेपालको संघियता जस्तो हैन नेपाल जस्तो सानो मुलुक र आर्थिक अवस्था कमजोर भएको मुलुकका लागि संघियता आवश्यक छैन केन्द्र र सिदै स्थानीय निकाय बीच शक्ति सन्तुलन बनाउनु पर्छ स्थानीय पालिकालाई बलियो बनाउनु पर्छ यो नै नेपालको लागि उपयुक्त छ।

 

अहिले भैरहेको नाम मात्रको संघियता देशलाई थप खर्च बढाउने र नेता व्यबस्थापन गर्न मात्र सिमीत छ अहिले पनि जनताले संघियता रुचाएका छैन् अहिले पनि संघियताको पक्ष र बिपक्षमा जनमतसंग्रह गर्ने हो ८०% जनताले संघियता चहिदैन्न भन्छन केवल संघीयता द्वन्द्वबाट शान्तिप्रक्रियामा आएको माओवादीको एजेण्डा थियो तत्कालिन जनयुद्धमा जातीय पहिचानको आधारमा राज्य दिन्छौ भनेर, लिम्बूवान किरात मगरात तमुवान जस्ता थुप्रै नाम दिएर राज्यलाई टुक्राउने संघियता मोडेल यस्तो हुने छ भनेर देखाएको जातीय ललीपप मात्र थियो जुन नेपालको हित बिपरित थियो। माओवादीहरुको फलस्वरुप १२ बुँदे शान्ति सम्झौतापछि देशमा शान्ति स्थापना हुने आशमा कांग्रेस, एमालेले पनि संघीयतालाई स्वीकारेका हुन् ।

 

अहिले पनि कांग्रेस, एमालेका केही नेता, कार्यकर्तालाई संघीयता मन परेको छैन र सार्वजनिक ठाऊमै यहिले बोलेर हिड्न शुरु गरेका छन न संघिय सरकार प्रत्यक्ष जनता बाट निर्वाचित बाट मुख्य मन्त्री तोकिन्छ केबल संसद बाट जुन असफल संसदीय वयवस्थाको उपजले जनमाएको अंग भएको छ केन्द्रीय सरकार हलचल हुने साथ सरकार ढल्छ अनि कुनै ठोस निर्णय गर्ने अधिकार पनि छैन यस्तो आधिकार हिन संघियता देशलाई आवश्यक छैन यसलाइ खारेज गरौ सगै समानुपातिक चुनाब प्रणाली समेत खारेज गरौ यो पनि नेताका नस-नाता बुढी छोरी बुहारीको व्यबस्थापन मात्र हो यो कुनै पिछडिएका बर्गको लागि हैन आरजु र बिनोद चौधरीलाई हेरे पुग्छ तसर्थ यो संघियता र समानुपातिक चुनाब प्रणाली खारेज गरौ यो देश र जनताको लागि हैन।