२०८१ जेठ ७ , सोमवार

राजु गिरीद्वारा निर्देशित फिल्म ‘दिलमाया–२’ २९ पुसमा प्रदर्शन हुने

सुनाखरी न्युज/ काठमाडौं –

फिल्म ‘दिलमाया–२’ पुस २९ मा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बुधबार फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । फिल्म राजु गिरीले निर्देशन गरेका हुन् ।

 

उक्त फिल्ममा राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सन्जीला पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय निर्माण टिमले जनाएको हो ।

जसमा अर्जुन पोखरेलको संगीत, भीष्मराज फुलाराको गीत, रामजी लामिछानेको कोरियोग्राफी, देव मर्हजनको द्धन्द्व रहेको फिल्ममा खुम बहादुर सुनारको सम्पादन रहेको छ ।