२०८१ बैशाख १८ , मंगलबार

जगदम्बा सिमेन्टले गर्यो नेपाल प्रहरीसंग अन्तक्रिया

सुनाखरी न्युज/ काठमाडौं । जगदम्बा सिमेन्टले नेपाल प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । निर्माण एक्स्पेर्टहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै जगदम्बा सिमेन्टले यस्तो कार्यक्रम गरेको हो ।

 

जगदम्बाले नेपाल प्रहरी प्रधान कार्यालयको समन्वयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी जनशक्तिलाई २० कार्य दिनको निर्माण प्रविधि तालिम अवधिमा आवश्यक पर्ने सिमेन्ट र यसको सहि प्रयोग गर्ने कार्य विधि र सहि निर्माण मापदण्ड सम्बन्धी विभिन्न सिप र ज्ञान यस जगदम्बा सिमेन्टका प्रविधिकद्धारा अभिमुखिकरण तालिम स्वरुप प्रदान गरेको छ ।

 

उक्त कार्यक्रममा कंम्पनीका उप–महाप्रबन्धक सुनिल पौड्याले जगदम्बा सिमेन्टका उद्योगहरु, प्रकार, ब्राण्डहरु, उत्पादन क्षमता, गुणस्तरबारे संक्षिप्त जानकारी दिए । साथै संरचनाहरु भूकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामग्रीको सहि प्रयोग र संरचना निर्माण कार्यहरुमा विशेष ध्यान दिनुपर्ने जानकारी श्रव्य दृश्यद्धारा प्रस्तुत गरिएको छ ।

 

उक्त कार्यक्रममा वरिष्ठ इन्जिनियर कुशल काफ्लेले जगदम्बा कंक्रीटोका उद्योग तथा यस उद्योगबाट उत्पादन हुने विभिन्न प्रकारका टाइल्स्, पेभर, ब्रिक, ब्लक, कब्र्सबारे बिस्तृत जानकारी प्रस्तुत गरे । साथै प्रहरी साथीहरुका प्रश्न र जिज्ञासाहरुलाई पनि उनले प्रस्ट पारे ।