२०८१ बैशाख ३० , आइतवार

एनआईबीएल एस क्यापिटल र उपाय बिजनेसबीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं –

एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुसन प्रालिबीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

 

उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुसन प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायि जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धि सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने जनाईएको छ ।

 

भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा संचालन गरिने समेत जानकारी गराइएको छ ।