२०८१ जेठ ७ , सोमवार

नीता र हरिहर आजै लगनगाँठो कस्दै

सुनाखरी न्युज / काठमाडौं – अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएकी छन । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आज शुक्रबार लगनगाँठो कस्दैछिन । हालै फिल्म ‘ह्रस्व दीर्घ’को तयारीमा लागेका यि जोडी छायांकन सुरु गर्नु अघि नै घरजम गर्ने सोच बसालेका छन ।

नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइलाई मात्र निम्त्याइएको छ ।

नीताले केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी थिइन । बुधबार उनको मेहन्दी तथा संगीत समारोह आयोजना गरिएको थियो । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार र केही रंगकर्मी पत्रकारको सहभागिता थियो । नीताले हरिहरसँगको केही बर्षको प्रेम विवाहमा परिणत गर्न लागेकी हुन ।