२०८१ जेठ ७ , सोमवार

रजिनको म्युजिक भिडियो सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । मगन ईन्टरटेनमेन्टको निर्माण र रजिनमहर्जनको छायांकनतथानिर्देशनमा नेपालभाषाको गीत“व मनू सू मनू ?” अर्थात “त्यो मान्छे को हो?” बोलको म्युजिकभिडियो असार २० गते सोमवार कीर्तिपुर सिनेप्लेक्स्माप्रिमियिर शोको आयोजना गरेर सार्वजनिकगरिएको छ ।संगितकार भुवनमहर्जनको शब्द संगीतमातयार भएको उक्तगीतमागायक राजेन्द्र डंगोलले स्वर दिएकाछन् भने संगीतकार तथागायक सुरेन्द्र श्रेष्ठले संगीत संयोजन गरेका छन् ।

 

कीर्तिपुरको इतिहासमा एक फरक विशेषता भएको पात्रको चरित्रलाई यस म्यूजिकभिडियोमा प्रस्तुतगरिएको छ । करिब १५ बर्ष अगाडि कीर्तिपुरमा भारी बोक्ने कार्य गर्ने पात्रको कथा यस म्यूजिक भिडियोमा समेटीएको छ । किर्तिपुरबासीले ‘बिजय’भनेर चिन्ने उक्तपात्रको सडकजीवनलाई भिडियोमाअभिव्यक्तगरिएको हो ।प्रिमियर शोका प्रमुखअतिथि बरिष्ठकलाकार मदन दास श्रेष्ठले निर्देशकको कलाकार चयन तथा सानो सानो पक्षलाई समेत महत्वका साथछायांकन गरेको कुरालाई बिशेष जोड दिनुभयो । साथै उहाँले यस म्युजिकभिडियोका मुख्यकलाकार लक्ष्मीकुमार महर्जनको अभिनयलाई निकै तारिफ गर्नु भएको थियो ।निर्देशक रजिनमहर्जनले यस भिडियो नेपालभाषामानिर्माणहुने परम्परागतश्रब्य दृश्य समाग्रीहरु भन्दा फरक शैलीको निर्माणभएको र नेपालभाषाफिल्म मेकिङ्ग सेक्टरको इतिहासमा क्रान्तिकारी कदम हुने बताउनु भयो ।

 

नेपाली, हिन्दी, चाइनिज र अंग्रेजीभाषाको सबटाइटल सहित मगन इन्टरटेन्मेन्टको यूट्यूवच्यानलमार्फत सार्वजिनिक गरेको यस म्यूजिकभिडियोमादेवेन्द्र महर्जन, बुद्धलक्ष्मीमहर्जन, नरेन्द्र महर्जन, ज्ञानीशोभामहर्जन तथाधनबहादुर महर्जन लगायतकलाकारहरुको पनिअभिनय रहेको छ ।यस म्यूजिकभिडियोलाई कीर्तिपुरको बिभिन्न स्थानहरुमाछायांकनगरिएको छ । पवनप्याकुरेलको निर्माणनियन्त्रणमा बनेको यो भिडियोको कलर ग्रेडिङ्ग सन्जिव रत्नशाक्यले गरेका हुन् भने सहायक निर्देशन बिक्रम महर्जनले र कलानिर्देशन रेलिजा श्रेष्ठले गरेकी हुन् ।

भिडियो लिङ्क