२०८१ बैशाख ७ , शुक्रवार

बिहान खाली पेटमा ग्रीन टी पिउनु सही हो ? यस्तो भन्छन् विज्ञ

सुनाखरी न्युज/ काठमाडौं –

आजकाल स्वस्थ रहन र तौल घटाउन भन्दै धेरै मानिसहरु ग्रीन टी सेवन गर्छन् । अफिस, घर र कतिपटक त साथीहरुसँग आउटिङमा पनि मानिस ग्रीन टी पिउने गर्छन् ।

 

डाइटिसियन तथा विज्ञ ग्रीन टी पिउँदा बडी डिटक्स हुने मान्यता राख्छन् । यद्यपि, धेरैलाई ग्रीन टी कहिले पिउने भनेर थाहा नै हुँदैन । कोहीले ग्रीन टी सुत्नुभन्दा अघि खानुपर्छ भन्छन् । कोहीले पनि ग्रीन टीलाई साधारण चियाको सट्टामा प्रयोग गर्न सकिने पनि बताउँछन् र दिनमा २ वा ३ कप पिउन सकिन्छ समेत भन्छन् ।

बिहान खाली पेटमा ग्रीन टी पिउनु सही हो ?

धेरैलाई ग्रीन टी बिहान खानु हुन्छ कि हुँदैन भन्ने अन्योल हुन्छ । यसबारे ओन्लीमाई हेल्थले दिल्लीकी डायटिसियन श्रेया गर्गसँग कुराकानी गरेको छ । श्रेयाका अनुसार धेरैजसो मानिस अरुलाई हेरेर वा टिभीमा देखिने विज्ञापन हेरेर ग्रीन टी पिउन सुरु गर्छन् ।

 

यो पूर्ण रुपमा गलत हो । बिहान खाली पेटमा ग्रीन टीले सबैलाई फाइदा गर्छ भन्ने छैन । कतिले यो खाली पेटमा पचाउन सक्दैनन् । केहीलाई समस्या पनि देखिन सक्छ ।

ग्रीन टी पिउने सही तरिका के हो ?

– नास्ता गर्नु एक घण्टा अघि ग्रीन टी पिउन सकिन्छ ।

– एक अनुसन्धानका अनुसार ग्रीन टीमा टेनिक पाइन्छ । यदि खाना खानु १ देखि डेढ घण्टा अघि यसको सेवन गर्ने हो भने कब्जियत, पेट दुख्ने र पाचन सम्बन्धि समस्या निको पार्न मद्दत गर्न सक्छ ।

– ग्रीन टी बिहान र बेलुका पिउँदा मेटाबोलिजम तीब्र हुन्छ र यसले तौल घटाउन मद्दत गर्न सक्छ ।

– एक दिनमा ३ देखि ४ कपभन्दा बढी ग्रीन टी नपिउनुहोस् ।

– ग्रीन टीमा क्याफिन पाइन्छ । यदि तपाईंले यो बढी नै खानुभयो भने बान्ता हुने, रिँगटा लाग्नेजस्तो समस्या हुनसक्छ ।

– ग्रीन टीको स्वाद तितो हुन्छ त्यसैले यसमा धेरैले चिनी हालेर पनि पिउँछन् । यस्तो गर्दा तपाईंलाई यसको खासै फाइदा भने हुँदैन ।एजेन्सी