२०८१ बैशाख १४ , शुक्रवार

कोरोना अपडेट : थप ४० जनामा कोरोना संक्रमण पुष्टि, मृतकको सङ्ख्या शुन्य

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको हो ।

 

१ हजार ८ सय ४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १ सय ६३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १९ जना निको भएका छन् भने हाल देशभर ३ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

जसमध्‍ये ३ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना आइशोलेशन र ४ जना आईसीयूमा रहेका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ३ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।