२०८१ बैशाख १४ , शुक्रवार

नेपाल ईन्भेष्टमेण्ट बैंकले ल्यायो लगानीकर्ताहरु माझ विभिन्न आकर्षक योजनाहरु

सुनाखरी न्युज/ काठमाडौं –
नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरु माझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख १ गते देखि २०७९ सालअसार १७गते सम्म७९ दिनको लागिलागु गरिएको थियो ।

 

अतः सो योजनागतशुक्रबार असार १७गते समाप्त भएको छ । क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै रु २००० माआजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको भने म्याद २०७९ सालअसार ३२ गते सम्मलाई थप गरेको छ । नयाँतथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने यस योजनामा सहभागीभई डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुत हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ ।

 

थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट www.niblcapital.com तथा मुख्यकार्यलय (फोन नम्बरस्(०१–४४२५२८०) मा सम्पर्क गर्न सकिने छ ।