२०८० चैत्र १६ , शुक्रवार

भारतमा‘कबड्डी ४’रिलिज, १ करोड ९२ लाख ग्रसको ओपनिङ

सुनाखरी न्युज/ काठमाडौं –

शुक्रबारदेखि सिक्किमबाहेक भारतभर रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले उत्साहजनक ओपनिङ गरेको छ ।

 

शुक्रबार र शनिबार फिल्मले १ करोड २० लाख भारु (१ करोड ९२ लाख नेरु) ओपनिङ गरेको हो । फिल्मको भारत वितरक सुष्मा प्रोडक्सनका अनुसार पीभीआरका १७६ हलसहित हन्य मल्टिप्लेक्सबाट समेत फिल्म रिलिज भएको थियो ।

 

पहिलोपटक त्यहाँको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पीभीआरले नेपाली फिल्मलाई प्रदर्शनमा ल्याएको हो । पीभीआरले मुम्बई र दिल्लीसहित अन्य मुख्य सहरमा समेत ‘कबड्डी ४’ रिलिज गरेको छ । नेपालीभाषीको बसोबास भएका मुख्य सहरमा समेत ओपनिङ राम्रो देखिएको छ ।