२०८१ बैशाख १४ , शुक्रवार

एनआईबिएल एस क्यापिटलले थप गर्यो डिम्याट र मेरो शेयर नविकरण गर्ने समय

सुनाखरी न्युज/ काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा लगानीकर्ताहरुमाझ बैशाख १ गतेदेखि असार १७ गतेसम्म ७९ दिनको लागि नयाँ योजना ल्याएको थियो । यो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ ।

 

क्यापिटलले ग्राहकहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै यो योजनाको समय थप गर्ने भएको छ । दुई हजार रुपैयाँमा आजीवन डिम्याट र मेरो शेयर नविकरण गर्ने योजनाको म्याद २०७९ साल असार ३२ गते सम्मलाई थप गरेको छ ।

 

नयाँ तथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ ।