२०८० चैत्र १६ , शुक्रवार

सुनचाँदीको भाउ स्थिर

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । असार २० गते, छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम रहेको छ । विश्व बजारमा भने सुनचाँदीको मूल्य महंगिएको छ ।

 

सुन आज आइतबारकै भाउमा किनबेच हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने सुन तोलामा ३०० रुपैयाँले बढेको थियो ।

 

यसैगरी सोमबार चाँँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेको थियो ।