२०८० चैत्र १६ , शुक्रवार

नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको असार २७ गतेदेखि एकिकृत कारोबार हुने भएको छ । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गरेपश्चात एकिकृत कारोबार गर्न लागेको हो।

 

गत जेठ ७ गते सम्पन्न दुबै बैंकको विशेष साधारण सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको हो। एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्राप्त गरेको थियो।

 

नबिल बैंकले नेपाल बङ्गलादेश बैंक लाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो। नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना हुनेछन्। दुइ बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ।