२०८० चैत्र १५ , बिहिवार

सिनी शेट्टी बनिन् मिस इण्डिया २०२२

सुनाखरी न्युज/ काठमाडौं –

कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् ।

 

प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बने । प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरु नेहा धूपिया, कृति सेनन, मलाइका अरोडा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली, राजलगायतको उपस्थिति थियो ।​

 

सिनी २१ वर्षकी छिन् । उनी हाल चार्टेड फाइनेन्स एनालिस्टको कोर्ष गरिरहेकी छन् । एजेन्सी