२०८० चैत्र १६ , शुक्रवार

सुनको मूल्यमा सामान्य वृद्धि

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ ।

 

हिजो सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्यमा भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२०० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।