२०८१ बैशाख १८ , मंगलबार

स्वतन्त्ररुपमा चुनाव लड्न चाहनेको लर्को, रञ्जु दर्शना काठमाडौं ५ मा चुनाव लड्ने

सुनाखरी न्युज/ काठमाडौं ।
रञ्जु दर्शनाले  काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेकी छन्।

उनले आफू अब हुने संघीय चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुने घोषणा गरेकी छन्।

‘संघीय चुनावमा मेरो उम्मेदवारी दिनेबारे तपाईंहरूले थाहा पाइसक्नुभएको छ। आउने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुन प्रतिस्पर्धामा उत्रिने जानकारी दिन चाहन्छु,’ उनले भनेकी छन्।

दर्शनाले विवेकशील साझा पार्टी छाडेकी थिइन्। उनी अब स्वतन्त्र ढंगबाट चुनाव उठ्ने तयारीमा छिन्।

०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौंको मेयर उठेकी थिइन्, नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन्।

उनले त्यसबेला २३ हजार ४३९ मत ल्याएकी थिइन्। उनी यसपालिको स्थानीय तह चुनावमा भने उठेकी थिइनन्।