२०७९ श्रावण २५ , बुधवार

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप, आईसर्भ, वेबसाइट र इन्टरनेट बैंकिङ एनटीसीको नेटवर्कमा निःशुल्क चलाउन सकिने

सुनाखरी न्युज/ काठमाडौं । डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेसट बैंकिङ नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

 

यस सुविधामार्फत बैंकका ग्राहकले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआईसी एशिया मोबैंक एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेसट बैंकिङ सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन्। यसका साथै बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि (एनआईसी एशिया मोबैंक) एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेसट बैंकिङजस्ता सुविधा निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ । अब एनटीसी र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकले निम्नलिखित सेवाहरु उपभोग गर्न सक्नेछन्–

एनआईसी एशिया मोबैंक एपः अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटीएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, ई–कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्रयाकिङ आदि जस्ता थुप्रै सुविधाहरु सहज रुपले निःशुल्क लिन सक्नुहुनेछ । साथै, एनआईसी एशिया मोबैंकमार्फत विभिन्न कम्पनीले जारी गर्ने प्रारम्भिक सेयर (आईपीओ) मा आवेदन दिन सकिनेछ । एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (कार्डलेस विथड्रल) को प्रयोग गर्न सक्नेछन् र एपमा रहेको ‘कस्टमर केयर’ बाट ग्राहकले आफ्ना समस्या यथाशीघ्र समाधान तथा उनीहरुको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन्।

आईसर्भः यस https://iserve.nicasiabank.com/home मार्फत मोबाइल बैंकिङ सेवाहरु (नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरु (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टम चेक पेमेन्ट), टेलर सेवाहरु (नगद तथा चेक डिपोजिट) र कार्ड सम्बन्धी सेवाहरु (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इस्टा बाई) ग्राहकले सरल तरिकाले लिन सक्नेछन्।

वेबसाइटः बैंकको वेबसाइट www.nicasiabank.com बाट ग्राहक महानुभावहरुले यस बैंकबारे अधिकतम जानकारीहरु लिन सक्नुहुनेछ। जसमा अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन, लोन बेनिफिट क्यालकुलेटर, ईएमआई क्यालकुलेटरलगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजना, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणका बारेमा यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ। इन्टरनेट बैंकिङः यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानीलगायतका सुविधाहरु उपभोग गर्न सकिनेछ ।

बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरु मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहक महानुभावहरुको सुविधा एवं डिजिटल बैंकिङमा ग्राहक महानुभावहरुलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क एनआईसी एशिया मोबैंक, वेबसाइट, आईसर्भ तथा इन्टरनेसट बैंकिङ प्रयोग सुविधा एनटीसी र एनसेलका ग्राहकलाई उपलब्ध हुनेछ । यसका साथै, यी उल्लेखित बाहेकका अन्य सेवाहरु लिँदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरुको हकमा दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ । बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङको प्रबद्र्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ ।

 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरु उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई आईसर्भमार्फत अघि बढाइरहेको छ । यसका साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरु डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले आईसर्भ प्लाटफर्मको विकास गरी एनआईसी एशिया मोबैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरु अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।

 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरु, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैठौं ठूलो योगदान रहेको छ।

 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ।