२०८० चैत्र १६ , शुक्रवार

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा देशभर थप ५० जना कोरोना संक्रमित,१८ जना संक्रमणमुक्त

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको हो।

 

१ हजार ४ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र १ हजार ३ सय ४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसै गरी शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ११ लाख २० हजार २ सय १७ पुगेको छ ।

 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २ सय ९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २ सय ९१ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।