२०८१ बैशाख ८ , शनिवार

सानिमा बैंक अब काठमाण्डौको नेपालटारमा

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति २०७९ असार १७ गते तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

 

उक्त शाखाको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र यस बैंकका संचालक गायत्री थापाले संयुक्त रुपमा गर्नु भयो । समुद्घाटन् समारोहमा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले काठमाण्डौको नेपालटारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

 

त्यसैगरी उक्त कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा समस्त सरोकारवालाहरु लाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गर्नु भयो । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालयर ११८ वटा ए.टि.एम्. संचालनमा रहेका छन् ।