२०८० चैत्र १५ , बिहिवार

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पताल भैरहवामा बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पताल बीच विभिन्न सेवा सुविधाहरुमा१० प्रतिशत सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

 

बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहक वर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा१०प्रतिशतसम्म छुट प्रदानगर्ने गरी सम्झौता भएको हो । ओपिडी टिकट, ल्यावशुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड÷क्याविनचार्जमा ५ प्रतिशत छुट दिने सम्झौताभएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पतालका तर्फ बाट प्रवन्ध निर्देशक अर्जुन पौडेल र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गर्नुभयो ।

 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४५ शाखा,१० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।