२०८१ बैशाख ११ , मंगलबार

नेप्सेमा आज सामान्य अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज शुक्रबार सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ८.८७ अंकले घटेर दुई हजार २८ दशमलब ७७ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

आज कारोबार भएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२२३ रुपैयाँ पुगेको छ भने सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११६० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार ग्लोबल स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ५ करोड ५७ लाख भन्दा बढीको कारोबार भएको छ ।