२०८० चैत्र १६ , शुक्रवार

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाद्धारा पदभार ग्रहण

सुनाखरी न्युज/ काठमाडौं –

नबिलबैंक लिमिटेडका नवनियुक्त प्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आजमिति २०७९ आषाढ १७ गते शुक्रवारदेखि आफ्नो कार्यभार सम्हाल्नु भएको छ ।

 

नबिलबैंक लिमिटेडको मिति २०७९÷०३÷१६ गते सम्पन्न संचालक समितिको बैठकले बैंकको प्रमुखकार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त गरेको थियो । बैंकिङ्ग क्षेत्रको व्यवस्थापनतहतथा नेतृत्वदायीभूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगाल्नु भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपालबङ्गलादेश बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्वगर्नु भएको थियो ।

 

यसबाहेक उहाँले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धकतथा नेपाल राष्ट्र बैंकको निर्देशकपदमा समेत रहीकार्य गर्नुभएको थियो । भारतबाट चार्टर्डएकाउन्टेन्सी (CA) अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट CPA तथा वित्तिय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गर्नु भएका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघ -Management Association Nepal)द्वारा Manager To Watch र सन् २०१५ मा Manager of the Year विधामा पुरस्कृत हुनुभएको थियो ।

 

कार्यकारी अधिकृत ढुङ्गाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन हुनुभएको थियो । उहाँको कुशलर सक्षम नेतृत्वमा आगामी दिनमा समेत नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ । यस नबिलबैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृतका रूपमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना ज्यूलाई हार्दिक स्वागत गर्दै सफलकार्यकालको शुभकामना समेत व्यक्त गर्दछौँ ।