२०८१ बैशाख ११ , मंगलबार

बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ नवलपरासी (पूर्व) –

बुलिङटार नगरपालिका-३ तिगुवा बस्ने ३८ वर्षीय देवीराम कुमाललाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ६८ वर्षीय पदम बहादुर कुमाललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

 

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका देवीरामलाई उपचारको लागि पोखरातर्फ लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।