२०८० चैत्र १६ , शुक्रवार

यस्ता व्यक्तिले बिर्सेर पनि नखानुहोस् रुख कटहर, यस्ता छन् हानी

सुनाखरी न्युज/ काठमाडौं –

रुख कटहर स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । कटहरमा थुप्रै पोषक तत्व पाइन्छन् । कटहरको सेवनले प्रतिरोधी क्षमता वृद्धि हुनुका साथै पाचन क्रियामा पनि सुधार आउँछ, साथै यसले कब्जियतको समस्यामा पनि राहत प्रदान गर्छ ।

 

मुटु रोग, कोलन क्यान्सर र पायल्सको समस्यामा पनि कटहर निकै फाइदाजनक हुन्छ । कटहरमा भिटामिन, मिनरल्स, फाइटोन्युट्रियन्ट्स, कार्बोहाइड्रेट, इलेक्ट्रोलाइट्स, फाइबर र प्रोटिन पाइन्छन् । यद्यपि, कटहरमा क्यालोरीको मात्रा धेरै हुन्छ, तर पनि यो कोलेस्ट्रोल वा स्याचुरेटेड फ्याटबाट छुटकारा दिन सक्छ ।

 

कटहरका फाइदा हुनुका साथै यसका केही बेफाइदा पनि छन् । यस्तो अवस्थामा केही मानिसहरुले कहटर खानु हुँदैन । यसबारे जानकारी लिऔँ । कतिपय व्यक्तिलाई यसको सेवनले विभिन्न खालका हानी वा एलर्जीको सामना गर्नुपर्ने हुनसक्छ ।

बिर्च पोलन एलर्जी :

यस्ता मानिसहरुमा जसलाई बिर्च पोलन एलर्जी छ, उनीहरुले रुख कटहर खानुहुँदैन । यो वसन्तको मौसममा हावाबाट हुने एलर्जी हो । यस्ता मानिसहरु जसलाई रगतसँग सम्बन्धित कुनै रोग छ, उनीहरुले पनि रुख कटहरको सेवन गर्नु हुँदैन । यद्यपि, कटहर मधुमेहका बिरामीका लागि निकै फाइदाजनक साबित हुनसक्छ तर मधुमेहका बिरामीले कम मात्रामा मात्रै यसको सेवन गर्नुपर्छ नभए यसले शरीरमा ग्लुकोजको स्तर बढाउन सक्छ ।

 

गर्भावस्थामा कटहर खाने विषयमा मानिसहरुको भिन्न–भिन्न धारणा छन् । यद्यपि, यसका कुनै वैज्ञानिक प्रमाण छैनन् । गर्भवती महिलाले कटहरको सेवन गर्नु हुँदैन भन्ने गरिन्छ । यसले उनीहरुको गर्भपतन हुने खतरा बढ्न सक्छ । यदि तपाईंको कुनै पनि प्रकारको शल्यक्रिया हुँदै छ भने त्यसको दुई हप्ता अघिदेखि नै तपाईंले रुख कटहर खान बन्द गर्नुपर्छ । यदि तपाईं औषधी सेवन गर्नुहुन्छ भने, त्योसँग कटहर नखानुहोस् । यसले तपाईंलाई निद्रा नलाग्ने समस्या निम्त्याउन सक्छ ।

 

कस्ता व्यक्तिलाई कटहर खाँदा फाइदा ?

कटहरमा एन्टिअक्सिडेन्टको उच्च मात्रा पाइन्छ । यद्यपि, यसले कोलन क्यान्सरको उपचारमा प्रत्यक्ष रुपमा प्रभावित गर्दैन तर यसले क्यान्सरलाई बढ्नबाट भने रोक्ने गर्छ । पायल्स हुँदा पनि कटहरको सेवन फाइदाजनक हुनसक्छ । कब्जियतका कारण पायल्स हुनसक्छ । कटहरमा फाइबरको मात्रा धेरै हुने भएकोले यसले कब्जियत समस्या हुँदा पनि फाइदा पुर्याउँछ ।

 

कटहर भिटामिन एको राम्रो स्रोत मानिन्छ । भिटामिन ए आँखाका लागि अत्यावश्यक हुन्छ । यसमा पाइने एन्टी अक्सिडेन्टले आँखाको ज्योति पनि बढ्छ । यसमा ल्युटिन जेक्सेन्थिन हुन्छ जसले आँखालाई हानिकारक युभी किरणबाट जोगाउँछ । कटहर मेक्युलर डिजेनेरेशनलाई रोक्न पनि मद्दत गर्छ । कटहरले रतन्धोलाई रोक्न पनि फाइदाजनक मानिन्छ ।

 

कटहरमा दमका लक्षण जस्तै सास फेर्न गाह्रो, घ्यारघ्यार र प्यानिक अट्याकलाई कम गर्ने तत्व पनि पाइन्छ । कटहरको जरालाई उमालेर त्यसको पानी खाँदा दमको लक्षणलाई कम गर्न सकिन्छ । कटहर खाँदा ब्लड सुगरको स्तरलाई कम गर्न पनि मद्दत मिल्छ । शरीरमा ब्लड सुगर बढ्ने एउटा मुख्य कारण म्यागनिजको कमी हो । एजेन्सी