२०८० चैत्र १६ , शुक्रवार

स्टार्टअप वल्र्डकप नेपाल २०२२ असार २२ गते हुने

सुनाखरी न्युज/ काठमाडौं । स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रिय प्रतिश्पर्धा असार २२ गते (जुलाई ६ मा) हुने भएको छ । विश्वका ७० देशमा हुने प्रतिश्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वल्र्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ ।

 

गत बर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रीय प्रतिश्पर्धा अनलाईन गरिएको थियो । प्रतिश्पर्धाको फाइनलमा पुगेका बिभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने आयोजकले जनाएका छन् । फाईनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना कालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाईनलमा सहभागी हुन पाउने छन् ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वल्र्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत वल्र्डकप नेपालमा भित्र्याएको हो । स्टार्टअप वल्र्डकपको नेपाल रिजनल कम्पिटिसनलाई सिईओ क्लब ग्लोबलले टाईटल स्पोन्सर गरेको छ भने एन आईसि एसिया बैंकले ईन्नोभेटिभ बैंकिङ पार्टनरका रुपमा प्रायोजन गरेको छ ।

अमेरिकामा हुने ग्लोबल फिनालेमा विजयी हुने स्टार्टअपले एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने स्टार्टअप वल्र्डकपले जनाएको छ ।