२०८१ बैशाख ८ , शनिवार

समृद्धि फाइनान्समा ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

सुनाखरी न्युज/ काठमाडौं । समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्द्ती निक्षेपको योजना अन्तरगत ५ वर्ष ७ महिनामा पैसा दोब्बरहुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

यसका साथ साथै फाइनान्सले ९ वर्षमा पैसा तेब्बर, १४वर्षमा पैसापाँच गुणा र १८वर्षमा पैसा आठगुणा हुने निक्षेप योजनापनिसार्वजनिक गरेको छ ।यस निक्षेप योजना को लक्षित ग्राहकहरु, विदेशमाकाम गर्ने व्यक्तिको परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीद्र्यकालीन लगानीमा रुचि राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहकहरू र विदेशमा काम गर्ने व्यक्तिहरुले आफ्ना छोराछोरीहरूको भविष्यको शिक्षाको लागि पैसा जम्मा गर्न चाहने ग्राहकहरूलाई पनिआकर्षित गर्नु होरन्यूनतम रू ५०,००० देखि नै खाता खोल्न सकिने रसमृद्धि फाइनान्सको पाँच वटै शाखा बाट यो सेवा लिन सक्ने व्यवसाय प्रवद्र्धन विकासकाअधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

 

फाइनान्सले मुद्द्ती निक्षेपमा सर्वाधिक१२.२५%, र बचत निक्षेपमा अधित्तम१०% सहित आर्कषक व्याजदर सहितकाविभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जा लविस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।