२०८० चैत्र १६ , शुक्रवार

राहत सामग्री हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं । हालै आएको अविरल वर्षाका कारण मोरङ जिल्लाका विभिन्न स्थानमा प्रभावित हुन पुगेका सर्वसाधारण एवं बाढी पीडितहरुका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट मार्फत वितरण गर्न मोरंग व्यापार संघ र उद्योग संगठन मोरङको तर्फबाट राहत सामग्रीहरु, चाउचाउ ३५ कार्टुन, विस्कुट ११ कार्टुन, भुजा १०० बोरा, चिउरा २० बोरा र पानी ३५ कार्टुन उपलब्ध गराईएको छ ।

 

संघका अध्यक्ष नवीन रिजाल र उद्योग संगठन मोरङका उपाध्यक्ष नन्द किशोर राठीले संघका निवर्तमान अध्यक्ष प्रकाश मून्दड र का.का.सदस्य गोपाल अग्रवालज्यू लगायतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनालाई उक्त राहत सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।