२०८१ बैशाख १३ , बिहिवार

कोरोना अपडेट : देशभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना निको

सुनाखरी न्युज/ काठमाडौं –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको हो।

 

१ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ३६ जना र १ हजार १ सय ६६ जनाको एन्टीजेन परीक्षणमा १९ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १७ जना निको भएका छन् भने हाल देशभर २ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।

 

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार १ सय ६७ पुगेको मन्त्रालयले जनाएको हो ।