२०८१ बैशाख ७ , शुक्रवार

नेपालको एल.ओ.डी. विश्वकै उत्कृष्ट ५२ औं क्लब घोषित

सुनाखरी न्युज/ काठमाडौं । एल.ओ.डी– लोर्ड अफ द ड्रिंक्सले औपचारिक रूपमा डीजे म्याग टप हन्ड्रेडमा विश्वको ५२ औँ स्थान प्राप्त गर्न सफल भएको छ ।

 

यो उपलब्धिले एल.ओ.डी क्लबलाई नेपालको नम्बर १ क्लबको रूपमा चिनाउन सफल भएको जनाइएको छ । २०१९ फेब्रुअरी १३ मा स्थापना भएको एल.ओ.डीले नेपालको क्लबिङ संस्कृतिलाई प्रवर्द्धन गर्दै क्लब प्रेमी तथा ईडीएम प्रेमीहरू लाई उदाहरणीय क्लबिङ अनुभव प्रदान गर्दै आएको छ । गुणस्तरीय सेवा सुविधाहरू साथै अद्यावधिक प्रविधि, जीवन्त वातावरण र गुणस्तरीय सङ्गीतले आकर्षक गरेको जनाइएको छ । एल.ओ.डी निरन्तर रूपमा क्लबिंग अनुभव रोमाञ्चक बनाउन अघि बढ्दै आएको छ ।

 

अहिलेको परिवेशमा, नेपालको रात्रि जीवन अलगै तरीकाले फस्टाइ रहेको देखिन्छ।एल.ओ.डी क्लबिंग संस्कृतिमा केन्द्रित रहेर नेपाललाई विश्वमा चिनाउन सफल रहेको एलओडीको दावी छ । यसले अन्य क्लब र व्यवसायहरूका लागि देशलाई विश्वमा चिनाउने र विश्व पुँजीकरण गर्न सकिने सकारात्मक बाटो देखाएको विज्ञप्तिमा उल्लेख छ । नेपाली कलाकारहरूको प्रवर्द्धन, उत्कृष्ट कार्यक्रमहरूको आयोजना र प्रसिद्ध अन्तर्राष्ट्रिय कलाकारहरूको अनुभव एल.ओ.डी ले क्लब प्रेमीहरू सामु ल्याउँदै आएको जनाइएको छ ।

जब QUINTINO (२०१९ को विश्व #२५ औँ D.J.) ले आफ्नो E.D.M. कलाद्वारा नेपाली E.D.M. प्रेमीहरू लाई अगष्ट २८, २०१९ मा आकर्षित गरेको थियो, एल.ओ.डी ले त्यो दिन आफ्नो पहिलो सफलता हासिल गर्‍यो। १००औँ + भन्दा बढी अन्तर्राष्ट्रिय D.J., प्रसिद्ध कलाकारहरू र अनगिन्ती सफल कार्यक्रमहरूको आयोजना गरे साथै; एल.ओ.डी ले नेपालमा E.D.M. प्रतिको को नजर परिवर्तन गरेको छ। त्यसै गरी एल.ओ.डी ले कोरोना भाइरस महामारीको कठिन समयमा जनताको लागि सामाजिक कार्य गर्न अग्रसर थियो। DJ Mag “Top 100 Club” हरूमा एल.ओ.डी ५२औँ पदानुक्रममा परेकोले नेपाली क्लब प्रेमीहरूलाई मनोरञ्जन गर्न थप प्रसिद्ध अन्तर्राष्ट्रिय कलाकारहरूको परिचय गराउने प्रारम्भिक कदम हो।

एल.ओ.डी का संस्थापक रबिन श्रेष्ठले भने, “हामी विश्वास गर्छौँ, जब क्लबिङ उद्योग आफैँ ठुलो र राम्रो हुन्छ तब हामी सबैलाई फाइदा हुन्छ।यो उपलब्धि , एल.ओ.डी द्वारा हासिल भए पनि, मनोरञ्जन उद्योगमा अन्य क्लबहरू र व्यवसायहरूको लागि सकारात्मक उपलब्धिको प्रतिनिधित्व गर्दछ।हामीले विश्वमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छौँ र भविष्यमा थप लक्ष्यहरू हासिल गर्न तत्पर छौँ।हामी यस यात्रामा संलग्न व्यक्तिहरू, कलाकारहरू, D.J. र एल.ओ.डी को सम्पूर्ण टिम सबैलाई धन्यवाद दिन चाहन्छौँ।”यस शैलीमा, एल.ओ.डी आधिकारिक रूपमा E.D.M. प्रेमीहरू को लागि एक खुसीको अनुभव दिने स्थान बनेको छ र नेपालको नम्बर एक क्लब बन्न सफल भएको उनकाे भनाइ छ।