२०८० चैत्र १६ , शुक्रवार

खोलामा नुहाउने क्रममा बगेर एक बालक बेपत्ता

सुनाखरी न्युज/ काठमाडौं –

शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । स्थानीय टोटी खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन् ।

 

झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

 

“खोलाको किनारामा बालकको कपडा र चप्पल फेला परेको छ” उनले भने, “गोताखोर टोलीले बाढी आएको खोलामा खोजतलास गरेपनि अझैसम्म बालकलाई भेटाउन सकेको छैन ।” खोजी कार्य आज पनि जारी रहेको प्रहरी निरीक्षक सिंहले बताए ।रासस