२०८१ बैशाख ११ , मंगलबार

मंसिरभित्र प्रतिनिधि सभा निर्वाचन हुन्छ : आयुक्त थपलिया

सुनाखरी न्युज/ काठमाडौं –

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मंसिरभित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने बताएका छन्। उनले आयोग यसको तयारीमा रहेको बताए।

 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको उद्‌घटानका अवसरमा प्रमुख आयुक्त थपलियाले आउँदो निर्वाचनबारे निर्णय हुन भने बाँकी रहेको बताए। उनले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे।

 

प्रमुख आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा कर्मचारीलाई दिइएको सुविधा बढी वा घटी नभई यथार्थपरक भएको स्पष्ट पारे। आयोगले स्थानीय तह निर्वाचनबारे सातवटै प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ। रासस