२०८१ बैशाख १४ , शुक्रवार

घट्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ ।  हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।

 

बुधबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजाररुपैयाँ रहेको छ ।

 

 

त्यस्तै, आज चाँदीको मूल्यमा पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२४० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।