२०८१ बैशाख ७ , शुक्रवार

ट्रकको ठक्करबाट १ जनाको मृत्यु

सुनाखरी न्युज/ झापा। झापाको कमल गाउँपालिका-४ चुलाचुली मोड स्थितमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

बुधवार राती सवा ११ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-०१२ प १४५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-९ का ३८ बर्षीय दिपक नेपालको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।