२०८१ बैशाख १२ , बुधवार

सिटिजन्स बैंक र होटल हिमालयन भिल्लाबीच समझदारी

सुनाखरी न्युज/ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटल हिमालयन भिल्ला प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरुमा ५०% सम्म छुट पाउनेछन् ।

 

यस किसिमको सहकार्य बाट बैंकका ग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म कार्ड नभएकाआफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपालभित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्कन लाग्ने व्यवस्थापनि बैंकले विभिन्न वचत खातामा गरेको छ । आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षिततवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क,ई.के.वाई.सी. तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ।

 

साथ साथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र को समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरु सँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ ।

 

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वितहुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७६ वटा शाखा, १२८ वटा ए.टि.एम. र ९६वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।